Techie IT
शनिबार, वैशाख ६,२०८२

शेयर बजारमा गिरावट, कारोबार रकम २ अर्ब ३२ करोड


काठमाडौं, ७ असोज । साताको शेयर बजारको पहिलो दिन नै शेयर बजार ओरालो लागेको छ । आज १९ दशमलव ४२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०१० दशमलव ३५ विन्दुमा पुगेको छ ।

आइतबार २८५ कम्पनीका ९ लाख ३ हजार ९४१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजार २०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव १० अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८५ दशमलव ६२ विन्दुमा पुगेको छ ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #शेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545