Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रहरी आचारसंहितालाई चुनौती दिदै यी हवल्दार, इन्स्पेक्टर निरीह हुँदा बेथिती बढ्यो


तौलिहवा । नेपाल प्रहरीमा प्रहरी पोशाकको दुरुपयोग हुने क्रम अझै रोकिएको छैनन् । प्रहरी आचारसंहिता बिपरित सामाजिक सञ्जालमार्फत प्रहरी पोशाक लगाएको फोटो तथा भिडियोहरु फेसबुक, ट्विटर तथा टिकटकमा भेटिन थालेपछि प्रहरी प्रधान कार्यालयले उक्त सामाग्री भए तत्काल हटाउन निर्देशन दिएपनि त्यसको अझै पालना भएको छैनन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको प्रेस बिज्ञप्तीमा प्रहरी पोशाकमा नै जथाभावी प्रयोग हुन गएको र यसले संगठन नै बदनाम भएको भन्दै प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको र भिडियो तथा सामाग्रीहरु अपलोड भए तत्काल हटाउन समेत अपिल गरेको थियो । तर, प्रहरी प्रधान कार्यालयले पटक पटक यसरी विज्ञप्ती निकाले पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरुपयोग हुने क्रम भने रोकिएको छैन । सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने नेपाल प्रहरी यतिबेला पोसाक लगाएको फोटो फेसबुकमा अपलोड गरेर रमिता देखाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुमा कायारर्त हवल्दार टेक बहादुर केसीले प्रहरी आचारसंहिताबिपरित बर्दी लगाएको फोटो आफ्नो फेसबुकमा अपलोड गरेका छन् । उनलेे प्रहरी बर्दी लगाएको फोटो खिची फेसबुकमा अपलोड गर्न नपाइने नियमको समेत धज्जी उडाएका छन् ।

प्रहरी मुख्यालयको निर्देशन एवं परिपत्रलाई समेत उनलेे रद्दीको टोकरीमा फालिरहदा उसलाई कार्वाही गर्ने वा स्पष्टीकरण सोध्ने सम्मको आँट प्रहरी मुख्यालयको छैनन् । संगठनको आदेशलाई एउटा हवल्दारले चुनौती दिएर प्रहरी पोशाकमै सामाजिक सञ्जालमा अपलोड गरेको भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक अनिश भण्डारी भने कानमा तेल हालेर बसेका छन् ।

ट्राफिकमा कायारर्त प्रहरी हवल्दार केसी त एक प्रतिनिधि पात्र मात्रै हुन् । यसरी केही प्रहरीले आफ्नो जिम्मेवारी र मर्यादाको धज्जी मात्र उडाएको छैनन् कि सिङ्गो प्रहरी संगठनको नै बेइज्जत गरिरहेको देखिन्छ । हरेक महिना जसो एक-दुई जना प्रहरीहरू कारबाहीमा पर्दै आएको प्रहरीको तथ्यांकमा छ । प्रहरी ऐन २०१२ मा पनि प्रहरीले आफ्नो जिम्मा रहेको बर्दी लगायतका उपकरण दुरुपयोग गर्न नहुने उल्लेख छ । यता, प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोस्ट गर्ने भने बन्देज लगाइएको छैनन् ।

बर्दी लगाएको फोटो फेसबुकमा राखे कार्वाही हुन्छ : प्रवक्ता कडायत

यता, नेपाल प्रहरीका प्रवक्ता (डिआइजी) कुबेर कडायतले भने प्रहरी कर्मचारीले आफ्नो सामाजिक सञ्जालमा बर्दी लगाइ फोटो खिच्ने र फेसबुकमा रंगाउने काम नगर्न प्रहरी कर्मचारीलाई सुझाव दिएका छन् । उनलेे आफ्ना संगठनभित्र रहेका प्रहरी कर्मचारीले आचारसंहिता बिपरित फेसबुकमा प्रहरी पोशाक लगाएको फोटो राखेको पाइए कारबाही गर्ने र सो, कार्यलाइ समेत पछिल्लो समय तीव्र पारिएको बताउँदै पोशाक दुरुपयोग गर्ने सर्वसाधारणलाई पनि यत्तिकै नछाडिने बताएका हुन् ।

डिआइजी कुबेर कडायत 

उनले भने, ‘‘प्रहरी पोशाक र प्रहरीले प्रयोग गर्ने अरू सामग्री दुरुपयोग नगर्न पटक पटक सचेत गराउँदै आएका थियौं । अटेर गर्दै फेसबुकमा पोस्ट गर्ने काम भइरहेको छ । सूक्ष्म तरिकाले सबै कर्मचारी निगरानी गर्दै छौँ , पुरानो फोटो भए पनि कारबाही नगरी त्यत्तिकै छाड्दैनौँ ।’ प्रहरी कर्मचारी सामाजिक सञ्जालमा आउन पाइदैन, उनलेे भने बर्दी नै लगाएर फेसबुकमा फोटो पोस्ट गर्ने धेरै प्रहरी कर्मचारीहरू कारबाहीमा परिसकेको बताउँदै सर्वसाधारणलाई समेत कार्वाही हुने बताएका हुन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545