१६.२६ अंकले बढ्यो सेयर बजार, १ अर्ब १७ करोडको कारोबार

काठमाडौ, २ असोज । सेयर बजारमा सुधार देखिएको छ । मंगलबार नेप्से सूचक १६.२६ अंकले बढेर १९८५.४३ विन्दुमा आएको छ । १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७ वटा कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । होटेल र ट्रेडिङ बाहेक बाँकी सबै समुह बढेका छन् । हाइड्रोपावर समूहमा सबैभन्दा बढी तेजी आएको छ । यो समूह ३.२१ प्रतिशतले बढेको हो ।
नेप्से सूचकसहित अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको हो । बजार निकै तल्लो विन्दुमा आउँदा सेयर मूल्य सस्तो भएको छ । यही बेला लाभांशको सिजन पनि सुरु भएको छ । सस्तो मूल्यमा लाभांशसमेत हात पार्न सकिने भएकाले लगानीकर्ताले सुस्त गतिमा भए पनि सेयर खरिद गर्दै जाने अनुमान गरिएको छ ।
यस दिन २७२ कम्पनीको ४३ लाख ३६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा रिलायबल नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ओरियन्टल्स होटेल्स र एनआइसी एसिया बैंक परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सेयर बजार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्