Techie IT
आईतबार, वैशाख ७,२०८२

चट्याङ लागेर दैलेखमा महिलाको मृत्यु


दैलेख, २९ भदौ । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव विष्टले जानकारी दिए । चट्याङ लागेर १६ जना घाइते भएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #चट्याङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mist
5:32 am6:32 pm +0545