Techie IT
आईतबार, वैशाख ७,२०८२

सेयर बजार ३९.४८ अंकले बृद्धि


२७ भदौ, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३९.४८ अंकले बढेर २००७.०६ विन्दुमा पुगेको छ ।

७ भदौमा २०१३.९३ विन्दुमा बन्द भएको सेयर बजार त्यसयता निरन्तर घट्दै आएको थियो । तेस्रो सातापछि अर्थात बुधबार सेयर बजार दुई हजार विन्दुभन्दा माथि उक्लिएको हो ।

बुधबार सेयर बजारमा २१३ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य घटेको छ । धेरैजसो कम्पनीको मूल्य बढ्दा पनि ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

बुधबार २७५ धितापत्रको ३६ हजार ४५ वटा कारोबार हुँदा ५१ लाख ४४ हजार ७२४ रुपैयाँको सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:31 am6:33 pm +0545