Techie IT
मंगलबार, वैशाख ९,२०८२

उत्तरी गोरखामा विओपी स्थापनामा ढिलाइ नगर्न भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण


उत्तरी गोरखामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (विओपी) स्थापना कार्य छिटै अगाडि बढाइदिन भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराइएको छ ।

चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामा सहितको जनप्रतिनिधि टोलीले मंगलबार गृहमन्त्री श्रेष्ठसँग भेटघाट गरी सो बिषयमा ध्यानाकर्षण गराएका हुन् ।

चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको साम्दो र छेकम्पारमा विओपी स्थापना गर्ने भनिएको छ । स्थापनाको कार्यमा ढिलाइ नगर्न भन्दै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराइएको पालिका अध्यक्ष निमा लामाले बताए ।

सो क्षेत्रमा विओपी स्थापना भएमा सिमा सुरक्षासँगै विपदको समयमा उद्धार र पर्यटक एवं स्थानीयको सुरक्षा समेत हुने उनको भनाइ छ । अवैध वस्तुको ओसार पसार समेत नियन्त्रण हुने उनले अपेक्षा गरेका छन् ।

गृहमन्त्रीसंगको भेटमा गाउँपालिकामा हालसम्म कायम रहेको निषेधित क्षेत्र खुल्ला गरिदिन समेत माग गरिएको उनले बताए । दरौँदी दैनिक पत्रिका


क्याटेगोरी : समाचार
ट्याग : #hot, #उत्तरी गोरखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:30 am6:33 pm +0545