६० केजी सुन प्रकरण: ५० जनालाई प्रतिवादी बनाउन सीआईबीको राय

काठमाडौं, २७ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद तस्करीको ६० केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ५० जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।
सीआईबीले आज जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै ५० जनालाई प्रतिवादी बनाउन राय दिएको हो ।
सीआईबीकी निर्देशक किरण बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी पक्राउ परेका जानकारी दिँदै १४ विदेशी र ४ नेपाली फरार रहेको बताइन् ।
सीआईबीले उनीहरूविरूद्व भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन राय दिएको छ ।
अनुसन्धानबाट तस्करीको सुन ल्याउन प्रयोग भएको कम्पनी रेडी ट्रेडर्सले कुल ३०२ किलो सुन भित्र्याएको पाइएको सीआईबीले उल्लेख गरेको छ । सीआईबीले रेडी ट्रेडर्सविरुद्ध तीन अर्ब ५० करोड बिगो रकम दाबी गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुन तस्करी प्रकरण
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्