सरकारी स्कूल नपढाउने कर्मचारीलाई कारबाही

भक्तपुर । प्रधानाध्यापक राजाराम छुकांले सरकारी विद्यालय सुधारका लागि सरकारी कर्मचारीले नै सुरुवात गर्नुपर्ने माग गरेका छन् ।
इन्सेक र चाँगुनारायण निगरानी समूहको आयोजनामा भएको शिक्षा अधिकार सम्बन्धमा सरोकारवालाहरुबीचको अन्तरक्रिया कार्यक्रममा सहभागी चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोम मिश्रसमक्ष देवी माध्यमिक विद्यालयका प्रअ छुकांले उक्त माग गरेका हुन् ।
‘अब सामुदायिक विद्यालयमा कुनै पनि सरकारी कर्मचारीले आफ्ना सन्तान पढाउँदैनन् भने कारवाहीको दायरामा ल्याउनुपर्छ, त्यसले सामुदायिक विद्यालयको शिक्षामा सुधार आउँछ ।’ उनले भने । उनले सामुदायिक विद्यालय सुधारको कुरा गर्ने तर रकमको अभाव मुख्य समस्या भएको अवगत गराउँदै नगरपालिकाले शिक्षाको बजेट रकमान्तरण गर्दा अझ समस्या भएको उल्लेख गरे ।
सोही कार्यक्रममा पञ्चकन्या माविका प्रअ सन्तराम दुलालले शिक्षामा सुधारको लागि स्थानीय निकायले कुनै चासो नदिँदा शिक्षामा सुधारको अपेक्षा पूरा हुन नसकेको बताउँदै सामुदायिक विद्यालय सुधार गर्नका लािग स्थानीय तहमा रहेका विद्यालयका शिक्षक, प्रअ, विव्यस पदाधिकारीसँग छलफल गर्नुपर्ने बताए । ‘शिक्षाको सुधार गर्नतिर लाग्नुपर्नेमा स्थानीय तहका जनप्रतिनीधि भने आफ्नो मान्छेलाई कुन स्कूलमा प्रअ बनाउन सकिन्छ ?, आफ्नो मान्छेलाई कुन स्कूलको व्यवस्थापन समितिको अध्यक्ष बनाउन सकिन्छ? भन्नेमा लागेका छन्, यस्तो तरिकाले शिक्षामा सुधार कसरी सम्भव हुन्छ ?’ प्रअ दुलालले कार्यक्रममा सहभागी नगरप्रमुख मिश्रसँग प्रश्न गरे ।
त्यस्तै चाँगुनारायण माविका प्रअ दधिराम गेलालले सार्वजनिक शिक्षामा सुधारका लागि सरकारी शिक्षक र सामुदायिक विद्यालयलाई निरुत्साहित गर्ने नीति ने खारेज गर्नुपर्ने बताए । ‘राज्यको कमजोर नितिका कारण पनि सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा कमी आएको छ।’ प्रअ गेलालले भने ।
माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा आएपछि शिक्षाम सुधार हुन्छ भन्ने अपेक्षा राखेको बताउँदै प्रअ तथा शिक्षकहरुले शिक्षामा सुधारको अनुभूति गर्न नपाएको बताएका थिए । ‘विद्यालयको सुधारको कुरा गर्ने तर नगरपालिकामा थुप्रेका शिक्षाका कर्मचारी एवं स्थानीय निकायबाट विद्यालयको अनुगमन नगर्ने प्रवृत्ति अझ पनि बाँकी छ, त्यसले पनि समस्या पारेको छ ।’ बाल्मिकी माविका प्रअ हेमन्त सिटौलाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #सरकारी स्कूल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्