Techie IT
आईतबार, वैशाख ७,२०८२

सुवास नेम्वाङको शोकमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै, पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण औपचारिक कार्यक्रमसमेत तीन दिनका लागि स्थगित गरिएको छ ।

बैठकले पार्टीको तर्फबाट असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सुवास नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545