Techie IT
शनिबार, वैशाख ६,२०८२

आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न


भैरहवा । आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम रुपन्देहीमा सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीको आयोजना तथा भैरहवा नमुना मा.बि को सहकार्यमा बिद्यार्थीहरुलाई आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिश्वकर्माको अध्यक्षतामा भएको सो, कार्यक्रममा पछिल्लो समय समाजमा आत्महत्याको घट्नामा वृद्धि हुँदै गएकोले त्यस्ता घटनालाई निरुत्साहित गर्न सामाज, बिद्यालय तथा क्याम्पसमा जनचेतना फैलाउने कार्यलाई प्रहरीले निरन्तरता दिइरहेको बताए ।

राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जनधनको रक्षा, शान्तिसुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको उनले बताए ।

नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घट्ना न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको उनको भनाइ थियो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बिक बताउँछन् ।

प्रहरी उपरीक्षक बिकको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थीहरुलाई आत्महत्या भनेको के हो ? आत्महत्याबाट बच्न के कस्तो उपायहरु अबलम्बन गर्ने, न्यूनिकरण गर्नको लागि ब्यक्तिगत तथा सामूहिक रुपमा र संस्थागत रुपमा अपनाउनु पर्ने सावधानी लगायतको बिषयमा प्रस्तुतिकरणमार्फत प्रशिक्षण दिईएको थियो ।

भैरहवा नमुना माबिका बिद्यालयका अध्यक्ष आनन्द गुप्ताको प्रमुख आतिथ्यता, जिल्ला सरकारी वकिल कार्यालय भैरहवा रुपन्देहीका सह- न्यायधिवक्ता रमेश पोख्रेल, शिक्षा समन्वय अधिकारी माधव बन्जाडे, भैरहवा नमुना मा.बि.का प्रधानध्यापक चुन्नु प्रसाद पाण्डेको बिशिष्ट अतिथि तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतको संयोजकत्वमा भएको सो, कार्यक्रममा आत्महत्या न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

आत्महत्या सम्बन्धी सचेतनामूलक कार्यक्रममा भैरहवा नमुना मा.बि.का कक्षा ११ र १२ मा अध्यनरत बिद्यार्थीहरु तथा शिक्षकहरु अंन्दाजी १०३ जनाको उपस्थितिमा आत्महत्या रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा पर्चा, पम्प्लेट वितरण कार्यक्रम सम्पन्न भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545