Techie IT
शनिबार, वैशाख ६,२०८२

चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्री प्रचण्डले गरे छलफल


काठमाडौं, २४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल गरेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरु लगायतसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545