Techie IT
शनिबार, वैशाख ६,२०८२

चार लाख मूल्य बराबरको भन्सार छलीका सामान सहित पिकअप नियन्त्रणमा


रुपन्देही । रुपन्देही प्रहरीले भन्सार छलीको अवैध सामान सहित एउटा पिकअपलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा चार लाख तीस हजार मूल्य बराबरको चामल, चिनी वरामद गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकका अनुसार रोहिणी गाउँपालिका वडा नंम्बर ५ बुची स्थितबाट अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी ल्याई सडक छेउमा थुपारी राखेको अवस्थामा ८२ हजार पाँच सय रुपैयाँ बराबरको ५५ वोरा चामल र ओमसतिया गाउँपालिका वडा नंम्बर ५ पट्खौली स्थितमा नवलपरासी सुनवल नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को राम प्रसाद ढकालले चलाएको लु १ च ७२९० नंम्बरको पिकअप गाडीबाट अबैध रुपमा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी गरी ल्याउदै गरेको अवस्थामा ३ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको १९ बोरा चिनी गाडी सहित स्थानीय मानिसहरुको रोहवरमा वरामद गरिएको जनाएको हो ।

बरामद गरिएको सामान, गाडी सहित मानिस समेतलाई नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको उनलेे जानकारी दिए । भारतसँगको खुल्ला सिमानाको फाइदा उठाउदै जिल्लामा तस्करहरूले तस्करी गरिरहेका छन् । प्रहरीले नाकाहरुमा जतिसुकै कडाइ र सक्रियता बढाए पनि तस्करहरुले तस्करी गर्न भने छोडेका छन् । पछिल्लोपटक रुपन्देही प्रहरीको सक्रियताका कारण तस्करहरु प्रहरी कार्वाहीमा पर्दै आएका छन् ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545