Techie IT
शुक्रबार, वैशाख ५,२०८२

आइसिसी महिला टि–२० : नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा


काठमाडौं, २० भदौ । मलेसियामा जारी आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएपछि नेपाल उपविजेता बनेको हो ।

आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो । तर, वर्षाका कारण खेल हुन नसकेपछि दुवै टोलीले एकरएक अंक बाँडेका हुन् ।

नेपाल र युएईको समान ९र९ अंक भए पनि युएई रनरेटका आधारमा समूह विजेता बनेको हो ।


क्याटेगोरी : समाचार, खेलकुद
ट्याग : #महिला टि–२० विश्वकप एसिया क्षेत्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545