विकास निर्माण, समृद्धि र पुनः निर्माणमा गोकर्णेश्वर नगरपालिका देशकै उत्कृष्ट बन्दै

जीवन शर्मा/ काठमाडौँ । साविक जोरपाटी गाउँ विकास समिति वडा नम्बर ८ हाल गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा पिता भरत बहादूर रिसाल र माता जानकी रिसालका सन्तानका रूपमा वि।सं। २०३० सालमा जन्मिनुभएका दिपक रिसाल अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावान र देशभक्त नेता हुनुहुन्छ । रिसालको पारिवारिक मुख्य पेसा कृषि तथा पशुपालन थियो । उहाँ पारिवारिक पेसालाई थप विस्तार गर्दै त्यसलाई सहयोग र त्यसमा इँटा थप्ने काममा सदैव लागिरहनु भयो । उहाँ कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै राजनीतिमा पनि आफूलाई स्थापित गर्दै आइरहनुभएको थियो ।
उहाँले राजनीतिलाई अघि बढाउँदै २०४६ सालको जनआन्दोलनमा सहभागी हुँदै सक्रिय रूपमा राजनीतिक जीवन सुरु गर्नु भएको हो । रिसालले नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा आवद्ध रहेर राजनीतिक जीवनलाई अगाडि बढाउनु भयो । उहाँ नेपाली काँग्रेसका नेता तथा क्षेत्रीय सचिव समेत हुनुहुन्थ्यो । कुनै व्यक्तिलाई काम गर्नका लागि पारिवारिक वातावरण र इच्छा शक्ति चाहिन्छ । जुन इच्छा शक्ति रिसालमा धेरै नै छ । त्यो खालको शक्ति र सामथ्र्य कमैमा पाइन्छ । त्यसैको फलस्वरुप रिसाल अहिले गोकर्णेश्वर नगरपालिकाको प्रमुखको रूपमा जनताको सेवा
गरिरहनु भएको छ । उहाँ यो अवस्थासम्म आइपुग्दा कुनै पनि शक्तिहरूका सामु झुक्नु
परेको छैन ।
यो नगर प्रमुख रिसालको प्रमुख विशेषता हो । पारिवार, जीवनसाथी, बुद्धिजीवी, भद्रभलादमी र सम्पूर्ण नगरवासीको
सहयोगले नै सफलताको शिखरमा लम्कन उहाँलाई थप टेवा पुगेको छ । उहाँले राजनीतिक जीवनको लामो यात्रामा पार्टी विभिन्न सामाजिक संघसंस्था र जनप्रतिनिधि गरी विभिन्न निर्वाचनमा भाग लिइसक्नु भएको छ । अधिकांश निर्वाचनमा उहाँले जित हासिल गर्नु भएको छ । निर्वाचनमा उहाँ पराजित भएको इतिहास भने छैन ।
नगर प्रमुख रिजाल निर्वाचित भएसँगै देश र जनताको हितमा काम गर्दै आउनु भएको छ । आम नागरिकबीच सहजै भिज्न सक्ने क्षमताले पनि एक कुशल नेतृत्व, विकास निर्माणको कार्यमा सदैव अगाडि रहने नेताको रूपमा उहाँ परिचित हुँदै आउनु भएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रमुखको उम्मेदवारको टिकट पाउने र टिकट पाएर पनि चुवाव जित्ने कमै नेता छन् । तिनै कम उम्मेदवार र नेता मध्येमा एक हुनुहुन्छ गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसाल ।
नगर प्रमुख रिसाल पूर्वी उपत्यका कै एक प्रभावशाली व्यक्ति हुनुहुन्छ । नगर प्रमुख रिसालले विकास र समृद्धिका निम्ति महàवपूर्ण बाटो अवलम्बन गर्दै आइरहनु भएको छ । उक्त क्षेत्रका आम नागरवासीका समस्यालाई रिसालले आफ्नै समस्याका रूपमा लिने गरेको प्रष्टसँग व्याख्या गर्दै आउनु भएको छ । नगर प्रमुख रिसाल निर्वाचित भएदेखि एक वर्षे
कार्यकालमा गोकर्णेश्वर बासहीरूका हरेक खालका जीवनस्तर उकास्ने लगायतका विकास निर्माण र जनतासँग प्रत्यक्ष जोडिएका काम गर्दै आउनु भएको छ ।
काठमाडौं जिल्ला उपत्यका भित्र पर्ने एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपमा सम्पन्न र समृद्ध जिल्ला हो ।
काठमाडौंमा ११ वटा स्थानीय सरकार छन् । जसमध्ये एक काठमाडौं महानगरपालिका र १० नगरपालिकाहरू छन् ।जसमध्ये कागेश्वरी मनोहरा, कीर्तिपुर, गोकर्णेश्वर, चन्द्रागिरी, टोखा, तारकेश्वर, नागार्जुन, दक्षिणकाली, शंखरापुर र बुढानिलकण्ठ नगरपालिका रहेका छन् ।
यस गोकर्णेश्वर नगरपालिकाको नाम साविकका सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटी गाउँ विकास समितिलाई समेटेर अर्थात समायोजन भई हाल वडा नं ४ मा अवस्थित पवित्र धार्मिक स्थल श्री गोकर्णेश्वर माहादेवको मन्दिरको नामबाट नामाकरण भएको हो । सुरुमा नगरपालिका घोषणा हुँदा यहाँ १६ वटा वडाहरूमा विभाजन गरिएको थियो । नेपाल सरकारले २०७२ फागुण २६ गते जारी गरेको स्थानीय तह घोषणा र पुनःसंरचना पश्चात ९ वटा वडाहरू कायम भई यसको केन्द्र जोरपाटी तोकिएको हो । यस नगरपालिकाको पूर्वमा कागेश्वरी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला, पश्चिममा काठमाडौं माहानगरपालिका, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा कागेश्वरी मनोहरा नगरपालिका पर्दछ ।
२०७८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या १ लाख ७ हजार ३ सय ५१ रहेकोमा हाल भएको वृद्धिलाई द्दष्टिगत गर्दा यहाँको जनसंख्या एक लाख पचास हजार भन्दा बढी भएको अनुमान गर्न सकिन्छ । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले सुशोभित यस नगरपालिकाको भू–
बनावट टार, बेसी, भिरपाखा, फाँट र जंगलले भरिपूर्ण छ । भौगोलिक वनावटको दृष्टिकोणले यस नगरपालिकालाई मुख्य दुई क्षेत्रमा विभाजन गरिएको छ ।
उत्तरी क्षेत्रमा पहाडी भू–भाग र दक्षिणी क्षेत्रमा सम्म टार, फाँटहरू पर्दछन् । गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिसालको यो पहिलो कार्यकाल हो । यस नगरपालिकाकी उपप्रमुख सान्नानी लामा नेकपा एमालेबाट निर्वाचित हुनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, सूचना अधिकारी र प्रशासन प्रमुख भुपेन्द्र बोहोरा, नगर प्रवक्ता नारायण बहादूर सुवेदी तथा सबै जनप्रतिनिधि र प्रशासनका कर्मचारीको सहयोग र हातेमालोले रिसाललाई दैनिक हरेक खालका काम, कर्तव्य पूरा गर्न र सुशासनमा ठुलो टेवा गुगेको छ । रिसाल निर्वाचित हुनुभन्दा एक वर्षअगाडि गोकर्णेश्वर नगरपालिकाको विकास निर्माणको स्थिति धैरै हिसावले विकासोन्मुख थियो । पूर्व मेयर तथा उपमेयरबाट सम्पन्न हुन बाँकी निर्माण योजना र विकास पूर्वधारका कार्यलाई निरन्तरता दिँदै नयाँ कामको थालनी तीव्र गतिमा अगाडि बढेका छन् ।
सडक, ढल, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रमा उल्लेखनीय युगान्तकारी परिवर्तन भएका छन् । उपत्यकाको नगरपालिका भए पनि ओखरेनी, चिलाउने, तारेभीर जस्ता क्षेत्र ग्रामीण नगरपालिका जस्तै देखिन्थ्यो । विस्तारै विकास पूर्वाधारले आज यिनै क्षेत्र विकासोन्मुख अवस्थामा लम्किदै गरेको देख्न सकिन्छ ।
आर्थिक वर्ष २०७९÷०८०मा गोकर्णेश्वर नगरपालिकाको १ अर्ब ८३ करोड बजेट मध्ये ७० प्रतिशत भन्दा बढी पुँजीगत लागत खर्च भएको छ । यस नगरपालिकाको पछिल्लो भौतिक प्रगति विवरण हेर्दा ग्राभेल सडक २२२१ मिटर, कालो पत्रे सडक २१९९ मिटर, सडक ढलान ९४७५।०७ मिटर, ब्लक छाप्ने काम ३९२४।२४ मिटर, रिटेनिङ वाल ७१४८ घन मिटर,
ढल निकास र ह्यूमपाइप ६९०४ मिटर र ग्याबिन वाल १३३८ मिटरको निर्माण कार्य सम्पन्न भइसकेका छन् । खानेपानी क्षेत्रलाई यस नगरपालिकाले निकै नै जोडतोडका साथ अगाडि बढाएको
छ ।
प्रदेश सरकारको सहयोगमा खानेपानीका लागि रु २५ लाख र थप यस नगरपालिकाबाट सिंचाईका लागि रु २५ लाख गरी जम्मा रु ५० लाखको चिलाउने–ओखरेनी एकीकृत आयोजनाको काम भइरहेको छ । यस आयोजनाले वडा नं। १ चिलाउने ओखरेनीका स्थानीयवासीलाई एक घर एक धारा अवधारणाका साथ काम अगाडि बढाइरहेको छ । त्यसैगरी खानेपानी योजनाको पाइप जडान १७५१६ मिटर सम्पन्न भइसकेको छ । खानेपानी ट्यांकी ७ वटा र खानेपानी बोरिंग ९ वटा निर्माण भएका छन् । त्यस्तै बालुवामा पक्की पुल निर्माण भएको छ भने माकलबारीमा निर्माण हुने अवस्थामा छ ।
वातावरण संरक्षण तथा पर्यावरण बचाइराख्न विभिन्न खालका कामहरू भइरहेका छन् । रेलिङ्ग ८१२ मिटर तथा रंग–रोगन ८१२ वर्ग मिटर, सार्वजनिक उद्यान र पार्क २ वटा सम्पन्न भइसकेका छन् । गत वर्ष मात्रै महिला, युवा, जेष्ठ नागरिक, क्लब उपभेक्ता जस्ता ४६ वटा भवनहरू निर्माण सम्पन्न भैसकेका छन् । यसै पालिकाको नयाँ भवन निर्मणाधीन अवस्थामा रहेका छ । यही अवधिमा पर्यटकीय धार्मिक सम्पदाको रूपमा चिनिने श्री गोकर्णेश्वर महादेवको मन्दिर, मठ मन्दिर, गुम्बा, चैते, गिर्जाघर, तथा मौलिक परम्परागत रूपमा मानिँदै आएका जात्रा जस्ता अन्य धार्मिक महàव बोकेका परम्परालाई संरक्षण र
संवर्धनले धार्मिक पर्यटको लागि बाटो खुल्ने र पर्यटकीय विकास हुने रिसालको दृढ बुझाइले नै यि काम बनेका हुन् ।
नगर प्रमुख रिसालले आफ्नो इतिहास देखिने र जनताले महसुस गर्ने गरी विकास निर्माण र सामाजिक विकासका कामलाई अगाडि बढाउँदै आउनु भएको छ । उहाँ राजनीतिलाई सेवाका रूपमा लिँदै जनताको सेवा र समुदायको हकमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै दक्ष जनशक्ति निर्माण र स्वरोजगार निर्माणमा प्रथमिकताका साथ अगाडि बढिरहनु भएको छ । यसका साथै रिसालको नेतृत्वमा ज्येष्ठ नागरिकलाई सम्मान र सहज रूपमा जीवन व्यतित गर्नका लागि विश्रामस्थल, युवाहरूका लागि खेलकुद स्थल निर्माणाधीन अवस्था रहेका छन् । प्रमुख रिसालले नगरवासीको स्वास्थ्य सुरक्षाको लागि यसै वर्षदेखि बीमा योजना लागू गर्नु भएको छ । गोकर्णेश्वर नगर अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । निःशुल्क स्वास्थ्य अवधारणा लागू गर्नुका साथै १० वटा स्वास्थ्य संस्थाबाट आधारभूत निःशुल्क स्वास्थ्य सेवा र ४ वटा संस्थाबाट ल्याब सेवा कार्यको थालनी गर्नुभएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकतामा राखी स्थानीय बासिन्दाहरूका लागि निःशुल्क कार्यक्रम ल्याउनु भएको छ ।
गोकर्णेश्वर नगर अस्पतालबाट ५ किसिमका विशेषज्ञ सेवा निःशुल्क रूपमा प्रदान हुँदै आइरहेको छ । जसमा अर्थोपेडिक
तथा ग्यास्ट्रोलोजी, जनरल फिजिसियन सेवा, रेडियोलोजी सेवा, भिडियो एक्स–रे, स्त्री रोग विशेषज्ञ सेवा, बालरोग र मुटु
रोग विशेषज्ञ सेवा रहेका छन् । रिसालले यसै वर्ष निजी अस्पतालसँग साझेदारी तथा वाचा अभिमुखीकरणलाई मुख्य रूपमा समावेश गर्नु भएको छ । जसमध्ये नेपाल मेडिकल कलेजमा ६५ वर्ष भन्दा माथिका नगरवासीलाई ७० प्रतिशत छुट ९नेपाल मेडिकल कलेजबाट ४० र गोकर्णेश्वर नगरपालिकाबाट ३० प्रतिशत०को व्यवस्था गरिएको छ । र एक लाखसम्मको छुट दिने व्यवस्था गरिएको छ । त्यस्तै ६५ वर्ष भन्दा मुनिका लागि ५० प्रतिशत छुट दिलाउनुभएको छ । त्यसैगरी मोतीयाविन्दुको निःशुल्क शल्यक्रिया, आङ खस्ने विरामी तथा पाठेघर क्यान्सरको निःशुल्क शल्यक्रिया तथा शंकास्पद क्यान्सर रोगीलाई निःशुल्क ल्याव परीक्षणको व्यवस्था नगर प्रमुख रिसालकै नेतृत्वमा भएको छ । यस नगरका नगरवासहीरूले शंकरापुर
अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत छुट पाउने छन् ।
जसमा शंकरापुर अस्पतालबाट ३० र गोकर्णेश्वर नगरपालिकाबाट २० प्रतिशत छुटको व्यवस्था गरिएको हो । आम्दा नेपाल नामक संस्था र यस नगरपालिकाबीच आपसी समझदारीमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा स्त्री रोग बारेमा पनि काम हुँदै आएको छ । उहाँले प्रत्येक वडा कार्यलयमा निःशुल्क गर्भवती भिडियो एक्सरे सेवा, नेपाल सरकारबाट तोकएको औषधि निःशुल्क उपलब्ध, ५ वटा माध्यामिक विद्यालयमा नर्स कार्यक्रम सञ्चालन, २४ सै घण्टा एम्बुलेन्स सेवा सञ्चालन लगायतका अन्य धेरै काम गर्नु भएको छ ।
सामाजिक विकासका क्षेत्रमा महिला, दलित, आदिवासी, जनजाती, गरिब, विपन्न वर्गको समावेश तथा अपाङ्गताका लागि निःशुल्क ह्वीलचियर विवतरण÷मर्मत कार्यक्रम, जस्ता धेरै काम गर्दै नगरप्रमुख रिसालले उदाहरण कायम गर्दै आइरहनु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गोकर्णेश्वर नगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्