अमृत खनाल गोरखा / भिमसेन थापा वडा नम्बर ३ सिमलफेद देखि सिमलचौंर सडक आजभन्दा १०/१२ बर्ष अगाडि कमलटार सम्म एम्बुलेन्स सम्म छिर्न मिल्ने र जनतालाई आवातजावतको लागि सजिलो होस् र त्यहाँको बासिन्दालाई केही राहत होस् भन्ने उद्देश्यले सडक बाटो खोलिएको थियो । बाटो खोलिएको थियो तर त्यहाको हामि जनतामा बाटो खोलिएको रमाइलो त थिए नै तर दुखको कुरा रमाइलो गर्न नपाउदै जिल्ला अदालत गोर्खामा हामी जो सडकको पक्षमा थियौं । उनिहरु विरुद्ध मुद्दा परेको कुरा सुन्यौं ।
अनि भएको खुसी पनि माटोमा मिलाएर गयो । हामी अदालतमा उपस्थित भयौं र मुद्दाको फैसला न्यायको पक्ष हाम्रो पक्षमा हुन सफल भयो । हाम्रो त्यो एउटा जित थियो तर फेरि जो सडकको विपक्षमा हुनुहुन्थ्यो उहाँहरु पुरानावेदन अदालत जानू भयो त्यहाँ हामी पछि पर्यौं । जहाँ हामिलाइ आफै मिल्नु भनेर पठायो । मिल्न सक्ने बाताबरण सिर्जना भएन हामी सर्बोच्च अदालत जान बाध्य भयौं र गयौंपनि तर त्यहाँबाट समेत हामिले न्याय पाउन सकेको छैनौं । सर्बोच्च अदालतमा मुद्दा परेको पनि आज ७/८ बर्ष भैसक्यो । हामी अझैपनि न्यायको ढोकामा कुरिरहेको छौं ।
प्रत्येक स्थानीय चुनाव देखि संघीय चुनाव चुनावमा त्यो सडक मुख्य एजेन्डा बन्छ । तर कहिलेपनि त्यस विवाद मिलाउने पक्षमा कोहि पनि अग्रसर भएको देखिदैन । के हामिले चैं त्यहा रहेर स्वतन्त्र पुर्वक हामिले पाउने सरकारले ग्यारेन्टी गरेको सेवा सुविधा उपयोग गर्न नपाउने हो ? हामी यति चाहान्छौं कि हामिलाइ कि अर्को कुनै विकल्प सरकार कै मातहातमा रहेर विकल्प दिन पर्यो हैन भने हामिलाइ त्यस ठाउँबाट हटाएर अन्त कुनै ठाउँमा जुन ठाउँमा आधारभुत आवश्यकता हुने ठाउँमा राख्न पर्यो ।
हामी भुइँ मान्छेको लागि बोलिदिने सुनिदिने मानिस कोहि नहुँदा हामीले भोगेको पीडा कसले बुझ्ने ?? हामी दास त होइनौं ? कि दास भइ रहेको छौं प्रश्न चिन्ह खडा भइ रहेको छ । त्यस बाटोले गर्दा कमलटारमा हुने अरु बिकास निर्माणको कार्यपनी अबरुद्ध भएको छ ।
यसको पीडा कसले बुझ्ने ? करिव दस बर्ष देखि पछि परेको त्यो गाउँको पीडा कसले बुझ्ने ?? हामिले २०७० सालमा माओवादी केन्द्रको उम्मेदवार छ्म गुरुङ , २०७४ मा माओवादी र एमाले गठबन्धनको उम्मेदवार संघमा हरिराज अधिकारी र प्रदेशमा एमाले गठबन्धनको तर्फबाट रामशरण बस्नेत हुँदै आज २०७९ सालमा आइपुग्दा काङ्ग्रेसको उम्मेदवार संघमा राजेन्द्र बज्गाइ र प्रदेशमा नन्द प्रसाद न्यौपानेसम्म आइपुग्दा केही पहल कदमी समेत आइपुगेको छैन ।
स्थानीयमा समेत २०७४ देखि गाउँपालिका अध्यक्ष पहिलाको ईश्वर पाण्डे र विनु वाग्ले हुँदै अहिले लोक प्रसाद बन्जरा र अमृता वस्ती सम्म हामीले भोट दिएर जिताएको छौं तर केही भएको छैन । मुख्य तीन पार्टी एमाले , काङ्ग्रेस , माओवादी सबैले हाम्रो भोटले जितेर गएको र देशको नेतृत्व गर्ने ठाउँमा पुग्नु भएको थियो तर उहाँहरुले गर्ने केही छाँटकाँट देखिएको छैन । के हामी अब अर्को चरणको आन्दोलन गर्ने पर्ने हो ? हाम्रो अधिकारको लागि ? कि हामिले आत्मादाह नै गर्न पर्ने हो । आत्मादाह गर्यो भने के हाम्रो माग संबोधन हुन्छ, हुन्छ भने म त्यसको लागि तयार छु ।
त्यो दिनपनी आउन सक्छ । समाज रुपान्तरणको लागि के मर्न नै पर्ने हो त ? हामी नागरिक हुनु र नहुनुको कुनै अर्थ नै भएन जहाँ सडक कारण देखाएर अरु बिकास निर्माण समेत हुन सक्दैन । अहिले गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रीले समेत यो घटना नजिकबाट बुझ्नु भएको छ उहाँ बाट समेत कुनैपनि खालको अग्रता देखाएको पाइदैन ।
हामी प्रधानमन्त्री , गृहमन्त्री , प्रदेश मुख्य मन्त्री र प्रदेश मन्त्रीको जिल्लाबासीहरुले समेत यो पिडामा छन् भने कसरी आउला समाजवाद ??? समाजवाद भनेको के हो ? कि यहि हो सरोकारवालाहरुलाई सोध्न चाहान्छु । जय होस् नयाँ नेपालको ।
तपाईको कमेन्ट लेख्नुहोस्