मेयर बालेनले किन दिए सिंहदरबारमा आगो लगाउने धम्की ?

काठमाडौं, १७ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गएराति सिंहदरबारमा आगो लगाउने भन्दै सरकारप्रति आक्रोशित हुँदै सामाजिक सञ्जालमा स्टाटस् लेखे । जसलाई लिएर अहिले विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
कतिले बालेनको आलोचना गरिरहेका छन् भने कतिले उनको समर्थन गरिरहेका छन् । देशको कानून, शिष्टमलाई गलत भनिरहेका छन् । कतिले त बालेनले माद्यक पदार्थ सेवन गरेर स्टाटस लेखेको भन्दै समेत टिप्पणी गरिरहेका छन् ।
वास्तवमा बालेन आक्रोशित हुनुका पछाडि उनी केही दिनदेखि मानसिक तनावमा रहेको पाइएको छ । बालेनकी पत्नी सविना काफ्लेले केही दिनअघि छोरीलाई जन्म दिएकी थिइन् ।
सविनाले छोरीलाई सामान्य रूपमा जन्म दिएकी होइनन् । बच्चा पेटमै रहँदा अस्वस्थ देखिएपछि सात महिनामै मेडिसिटी अस्पतालमा शल्यक्रिया गरेर केही दिनअघि जन्म दिइएको थियो । अहिले पनि शिशुको अस्पतालको एनआईसीयूमा राखेर उपचार भइरहेको छ भने आमा सविना भने अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन् । यही क्रममा गएराति पनि सविना अस्पताल गएर शिशुलाई स्तनपान गराएर फर्किने क्रममा सविना चढेको गाडी प्रहरीले बाटोमै रोकेको थियो । उनी सधै अस्पताल पुगेर शिशुलाई स्तनपान गराएर आउने गरेकी थिइन् ।
प्रहरीले कोटेश्वरमा सविना चढेको गाडी रोकेर बिदाका दिन सरकारी नम्बर प्लेटको गाडी चलाएको भन्दै केरकार गरेका थिए । प्रहरीले गाडी चालकसँग बिदाको दिन सरकारी गाडी चलाउन पाउने अनुमतिपत्र मागेका थिए । तर, ड्राइभरसँग अनुमतिपत्र नरहेको पाइएपछि प्रहरीले गाडीबाट चालकसहित सविनालाई पनि ओरालेका थिए ।
निकै बेरको आग्रह र गाडीमा सवार महिला मेयर बालेनकी पत्नी भएको चालकले जानकारी गराएपछि बल्ल प्रहरीले छोडेको थियो ।गृहमन्त्रालय स्रोतका अनुसार बालेन दम्पतीलाई गृहमन्त्रालयले यसअघि नै सुरक्षाको कारण देखाउँदै सरकारी बाहेक अन्य सवारीसाधन प्रयोग नगर्न भनेको छ । जसले गर्दा सविना सरकारी गाडीमै अस्पताल पुगेकी थिइन् ।
बालेनको सचिवालय स्रोतका अनुसार प्रहरीले चालकमाथि दुर्व्यवहारसमेत गरेका थिए । जसले गर्दा अस्पतालबाट फर्किँदै गरेकी श्रीमतीलाई प्रहरीले दुर्व्यवहार गरेपछि बालेन आक्रोशित भएका देखिन्छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन साह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्