Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपालकाे भुमी समेटेर नक्सा प्रकाशन त्रुटिपूर्ण ब्यबहार : नैनसिंह महर


काठमाडौ‌, १५ भदौ‌ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग नक्शा समावेश नगरिनु चीनको त्रुटीपूर्ण ब्यबहार भएको बताएका छन् ।

चीन सरकारले हालै सार्बजनिक गरेको नक्सालाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्नेसमेत बताएका छन ।

नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र नेविसंघका नेताहरू संग काठमाडौंमा भएक छलफल कार्यक्रममा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी हो तर नेपालको सहमति विना सन २०१५ मा चिन र भारतले त्रिदेशीय नाका लिपूभज्याङ मार्गबाट दुई देशीय ब्यापार सम्झौता गरेको घटना र चीनले अहिले प्रकाशन गरेको नक्सामा चुच्चे भाग नराख्नुले चिनसँग नेपालको सिमा समस्या रहेको कुरा स्वयम चिनको ब्याभारबाटै प्रष्ट भएको उनको भनाइ छ ।

नेता महरले भूगोलको र जनसंख्याको हिसावले कुनै मुलुक सानो र ठुलो भए पनि सार्वभौसत्ता ,राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने भएकोले एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नु पर्ने उनको भनाइ छ ।

ऐतिहासिक तथ्यले समेत नेपाल र नेपाली जनताले कसैको बिराउने काम गरेको छैन भन्ने कुरा प्रष्टै छ भन्दै उनले अगाडी भने, ” नेपालको सार्वभौम संसदले पास गरेको चुच्चे नक्शा चीनले आफ्नो नक्शामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुखेको र यथाशक्य छिटो कुटनीतिक वार्ता गर्न र चुच्चे भुभाग सहितको नक्शा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनु पर्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #नैनसिंह महर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545