एसिया कप क्रिकेट: भोलि भारत र पाकिस्तान भिड्ने

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भोलि भारत र पाकिस्तान भिड्ने भएका छन् । उनीहरु दुवै उपाधि दावेदार पनि हुन् ।
राजनीतिक सम्बन्ध दुश्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ ।
भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो । अन्ततः भारतका म्याचहरु श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । भारत र पाकिस्तानबीचका खेलहरु पनि श्रीलंकामा नै हुनेछन् ।
यस प्रतियोगितामा तीन पटक भारत९पाकिस्तान आमनेसामने हुन सक्ने समीकरण छ । दुवै टीम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्नेछन् ।
दुवै टीम सुपर फोरमा छनोट हुने बलियो सम्भावना छ । सुपर फोरमा पुगेका चार टीमले एकापसमा खेल्नुपर्ने हुन्छ । त्यहाँ भारत र पाकिस्तान फेरि भेट हुनेछन् । र, यदि दुवै टीम फाइनलमा पुगेको खण्डमा उपाधिका लागि भिड्नेछन् ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #breaking, #एसिया कप क्रिकेट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्