Techie IT
शनिबार, वैशाख ६,२०८२

काठमाडौं र ललितपुरमा शनिबार आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने


काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूबाट आपूर्ति हुने बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनेछ ।

टेकु सबस्टेसनको स्तरोन्नती गर्ने काम भइरहेकाले विद्युत् आपूर्ति प्रभावित हुने भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाल विद्युत् प्राधिकरण


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545