माओवादी केन्द्रले गरायो सिडिओको ध्यानाकर्षण

प्रदिप ढकाल
३१ श्रावण, भक्तपुर
नेकपा (माओवादी केन्द्र)को चाँगुनारायण नगर कमिटिले भक्तपुरको च्याम्हासिंह–ताथली–नाला सडकमा गरिएको कालोपत्र एक महिनामै बिग्रन थालेपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई ज्ञापन पत्र बुझाएका छन्। सरकारी उदासिनता र ठेकेदार कम्पनीको लापर्बाहीका कारण सडक निर्माण सम्पन्न भएको एक महिनामै बिग्रिन शुरु भएको बताउँदै अधिकारी रिजाललाई ज्ञापन–पत्र बुझाएका हुन् ।
च्याम्हासिंह–ताथली–नाला सडकअन्तर्गत फैढोकाको पाँगो खानीदेखि माथिल्लो छाप सडक खण्डका ठाउँ–ठाउँमा गरिएको कालोपत्र बिग्रन थालेको हो । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा पर्ने यो सडकखण्ड अरनिको राजमार्गको वैकल्पिक सडकको रूपमा समेत व्याख्या गर्ने गरिन्छ । तर, निर्माणको एक महिनामै सडक बिग्रन थालेपछि चिन्ता लागेको स्थानीय नेता जगन्नाथ खत्रीले जनाएका छन् । नगर इन्चार्ज रामभक्त खत्रीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीमा अध्यक्ष खड्का,उपाध्यक्ष सुमन दाहाल, बिनोद लामिछाने, कोषाध्यक्ष जगन्नाथ खत्री र वाइसिएल नेता दिपेश लामिछाने लगायत सहभागी रहेका नेता रामकुमार तामाङले जनाएका छन् । उक्त पत्रमा चाँगुनारायण पौवा साखु सडकको दुरावास्थाबारे समेत ध्यानाकर्षण गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सडक अनुगमन गर्ने र कमजोरी देखिए आवश्यक कानुनीकारवाही अघि बढाउने आश्वासन दिएका एक सहभागीले जानकारी गराए ।
क्याटेगोरी : ब्रेकिंग न्युज
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्