Techie IT
शनिबार, वैशाख ६,२०८२

तस्करविरुद्ध आक्रमक बन्दै रुपन्देही प्रहरी, ४० लाख मूल्य बराबरको कपडा सहित दुई जना पक्राउ


रुपन्देही । रुपन्देही प्रहरीले अवैध रूपमा भित्र्याइएको भन्सार छलीको सामान सहित ट्रक र पिकअपलाई नियन्त्रणमा लिइएको छ ।

भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ४० लाख ९ हजार ६ सय ९० रुपैयाँ वरावरको कपडाहरु वरामद गरी मानिसहरू सहित आवश्यक कावाहीको लागी वरामद सामान, सवारीसाधनलाई नियन्त्रणमा लिइ भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक भरत बहादुर बिकका अनुसार जिल्लाको रोहिणी गाउँपालिका वडा नंम्बर ३ सेमरहवा चोकस्थितबाट हिजो (बिहीबार) दिउँसो साँढे चार बजेको समयमा ईलाका प्रहरी कार्यालय धकधईंबाट खटिएको टोलीले नवलपरासी सुनवल नगरपालिका वडा नंम्बर ८ बस्ने बर्ष ३७ को संगित कुमार खरबिनलाई अन्दाजी १२ लाख ६२ हजार २ सय मूल्य बराबरको सामान सहित नियन्त्रणमा लिइएको हो ।   उनलेे चलाएको लु १ च ५८३१ नंम्बरको पिकअपलाई समेत प्रहरीले बरामद गरेको छ ।

अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा माला १ बोरा, जेन्स गेम कट्टु ८३६ पिस, लेमिनेसन पेपर १२ पेटी र क्लिप १ बोरा गरी पिकअप गाडी सहित मानिसलाइ नियन्त्रणमा लिइ आवश्यक कावाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको उनलेे जानकारी दिए ।

त्यस्तै, रुपन्देही प्रहरीले नै जिल्लाको मायाँदेवी गाउँपालिका वडा नंम्बर ६ बेथरीस्थितबाट आज बिहान साँढे आठ बजेको समयमा अन्दाजी २७ लाख ४७ हजार ४ सय ९० रुपैयाँँ बराबरको सामान सहित स्याङ्जाको पुतलीबजार नगरपालिका १३ बस्ने बर्ष ४० को लाल बहादुर बिकलाइ नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र ईलाका प्रहरी कार्यालय वेथरी रुपन्देहीबाट खटिएको प्रहरीको टोलीले उनलेे चलाएको ना ३ ख ४४१३ नंम्बरको ट्रकलाई शंका लागि चेकजाच गर्ने क्रममा भारत बाट अबैध रुपमा भन्सार छली चोरी गरी ल्याउँदै गरेको अवस्थामा उक्त सामानहरु वरामद गरी आवश्यक कार्वाहीको लागी भन्सार पठाइएको जनाएको हो ।

भारतसँगको खुला सीमाका कारण व्याप्त तस्करको जालो तोड्न जिल्ला प्रहरी कार्यालय रुपन्देही सक्रिय भएको माथिको यी दुई तथ्यले नै स्पष्ट पार्छ ।

सीमा क्षेत्रमा हुने गरेका आपराधिक गतिविधि र तस्करीको सञ्जाल तोड्न सक्रिय रुपन्देही प्रहरीले चोरी, तस्करी, अवैध कारोबार तथा हतियार ओसारपसार लगायतका आपराधिक गतिविधि समेत हुनै नदिनेतर्फ चनाखो छौँ, एसपी बिकले भने ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकले कमान्ड सम्हालेपछि भएको आक्रमक कारवाहीले ठूलो सेटिङमा हुने गरेको तस्करी सञ्जालहरु तोडिएका छन् भने तस्करहरुको भागाभाग भएको बुद्धिजीवी नागरिकहरु बताउँछन् ।

उनी आएपछि रुपन्देहीमा लागुऔषध, चोरी तस्करी नियन्त्रण, लैंगिक हिंसा, अपराधविरुद्ध प्रहरीले सक्रियता बढाएको स्थानीयको भनाइ छ । चोरीपैठारी गरी ल्याइएका सामानहरु मात्रै बरामद गरिएकोमा अहिले भने भन्सार छली चोरी पैठारीमा संलग्न मानिस समेतलाइ कानुनी कठघरामा उभ्याइएको एसपी बिक बताउँछन् ।

बिकले भने, भन्सार कार्वाही अतिरिक्त पशुपंक्षीलाई क्रुर ब्यवहार देखाउनेलाई मुद्दा दर्ता गरी प्रक्रिया अगाडी बढाएका छौं । अब अभियानकै रुपमा लैजान्छौं, उनलेे भने ।

खुला सीमानाका कारण जिल्लाको मुख्य चुनौतीको रुपमा रहेको लागुऔषधको कारोवारीविरुद्ध पनि सीमादेखि सहरसम्म प्रहरीले विशेष निगरानी बढाएको उनको दाबी छ । जिल्लामा तस्करको संगठित सञ्जाल तोडिएको छ । उनी भन्छन्, ‘खुल्ला सीमानाका कारण तस्करहरु विरुद्ध कार्वाही प्रक्रियाले पूणतः काबु पाउन गाह्रो छ। त्यहीँ पनि प्रहरीको सक्रियता, निगरानी बढाएका छौँ ।

धाकधम्की देखाउने, गुण्डागर्दी गर्ने, अवैध काम गर्नेहरु अहिले हच्कीएका छन् । अपराध गर्ने अपराधीहरुबिरुद्ध रुपन्देही प्रहरी कडा एक्सनमा उत्रिएको एसपी बिकको थप भनाई थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545