झन्डै ६ लाख मूल्य बराबरको तस्करीका कपडा सहित एक जना पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रमा भन्सार छलेर सामान भित्राउने क्रम बढेको छ । अवैध बाटो भएर तस्करीको सामन ल्याउने गरेका व्यापारीले भन्सार छली नेपाल भित्र्याएका लाखौंको सामान हरेक दिन प्रहरीले जफत गरेपनि सामान ल्याउने क्रम भने अझै रोकिएको छैन । रुपन्देही प्रहरीले (सोमबार) पनि पाँच लाख नै हजार पाँच सय रुपैयाँ बराबरको कपडाहरु वरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा झन्डै ६ लाख मूल्य बराबरको विभिन्न कपडाहरु वरामद गरी थप कार्वाही लागी भन्सार पठाइएको रुपन्देहीका प्रहरी प्रमुख भरत बहादुर बिकले जानकारी दिए ।
बिकका अनुसार रुपन्देही मायादेएवी गाउँपालिका वडा नंम्बर ६ बेथरी स्थितमा रुपन्देही कोटहीमाई गाउँपालिका वडा नंम्बर ३ वस्ने वर्ष २१ को बिजय भरले चलाएको लु ४७ प ४८३७ नंम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको कुर्ता सुरुवाल १४० पिस मोटरसाइकल सहित अंन्दाजी एक लाख ४९ हजारका कपडाहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालयमा पठाइएको बताए ।
त्यस्तै, सोमबार नै रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नंम्बर ६ लोफडियास्थितमा रुपन्देही गैडहवा गाउँपालिका वडा नंम्बर ७ बस्ने बर्ष ३७ को सन्त कुमार खरबिन्दले चलाएको लु १ ह १६९४ नंम्बरको ई-रिक्सामा ल्याउदै गरेको जेन्स अण्डर वेयर ५५० पिस, सेन्डो भेष्ट ११०० पिस ईरिक्सा सहित अंन्दाजी मुल्य तीन लाख साठ्ठी हजार पाँच सय बराबरको कपडाहरु बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पछिल्लो समय तस्करी नियन्त्रणमा सक्रियता बढाउदै आएका एसपी बिकले शून्य सहनशीलतामा प्रहरीले काम गरिरहेको बताउदै सोही अनुसार नै पटकपटक गरी डेढ करोड मूल्य बराबरको तस्करीका सामानहरु नियन्त्रणमा लिइ भन्सार पठाइसकेको दाबी गरे । रुपन्देहीको प्रहरी प्रमुखका रूपमा नेतृत्व गर्दै आएका एसपी बिक आफैं तस्करी नियन्त्रणमा दिनरात फिल्डमा खटिदै आएका छन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्