Techie IT
शनिबार, वैशाख ६,२०८२

राप्रपाको जेठ १५ देखि स्वाभिमान यात्रा


काठमाडौँ, २५ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बाँकी रहेका जिल्लाहरुमा स्वाभिमान यात्रा सञ्चालन गर्ने भएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बुधबार बसेको बैठकले आगामी जेठ १५ गतेबाट सुरु हुने यात्रालाई विभिन्न ६ वटा समूहमा विभाजन गर्ने निर्णय गरेको हो ।

४ वटा केन्द्रीय टोलीको नेतृत्वमा जेठ मसान्त भित्र सम्पूर्ण जिल्लाहरुमा यात्रा सम्पन्न गर्ने राप्रपाले जनाएको छ । स्वाभिमान यात्रालाई पार्टीले सञ्चालन गरिरहेको जनसंघर्षको दोस्रो चरणको कार्यक्रमको रुपमा सञ्चालन गर्ने प्रवक्ता सुशिलकुमार श्रेष्ठले जनाए ।


क्याटेगोरी : राजनीति
ट्याग : #राप्रपा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545