देशभरका स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग पठाउन परिपत्र

काठमाडौं : सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ। कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो।
विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुन: माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ। सरकारले यसअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको समायोजन गरेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रिक्त दरबन्दी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्