Techie IT
शनिबार, वैशाख ६,२०८२

साङ्गलामा घण्टीको वडा कमिटि गठन , संयोजकमा नवराज देवकोटा , अन्य को को ?


तारकेश्वर काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं १ समिति गठन गरिएको छ । नवराज देवकोटाको सभापतिमा शनिबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपसभापतिमा उमेश थापा र सचिवमा मुना तिमल्सिना रहेका छन् ।

यस्तै समितिका सदस्यहरुमा शुसीला थापा , रक्षा देवकोटा, राम बहादुर कार्की , अनिल ढकाल , साबीत्री अधिकारी , नानीराम अधिकारी , शिवसरण सापकोटा ,राजकाजी श्रेष्ठ रहेका राजस्वपा तारकेश्वर नगर सभापति बिनोद चापाँगाईले साझापाना अनलाइनलाई बताउनु भयो ।

कार्यक्रममा पार्टीका केन्दीय सदस्य कुसुम मर्हजन , बागमति प्रदेश उपसभापति रबी गौतम , , तारकेश्वर नगर सभापति बिनोद चापाँगाईको सहभागिता रहेको थियो ।


क्याटेगोरी : स्थानीय
ट्याग : #साङ्गलामा घण्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545