नेकपाको जनवर्गीय संगठनहरू मध्ये युवा र विद्यार्थीका लागि लविङ जारी

काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको एकीकरण टुंगो लगाउनका लागि पेचिलो बनेको जनवर्गीय संगठनहरू मध्ये युवा र विद्यार्थीका लागि लविङ जारी छ ।
दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विभिन्न पक्षको डेलिगेशन पुगिरहेको छ । अहिले अध्यक्षद्वयलाई बाँडफाँटका लागि सजिलो बनाउन दुई संगठनको सहज प्रस्ताव गरिएको छ ।
ओली नजिक रहेका युवा संघ नेपालका अध्यक्ष रमेश पौडेललाई एकीकृत युवाको अध्यक्ष र वाइसीएलका दिपशिखालाई सह–अध्यक्ष तथा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङलाई अध्यक्ष र नवीना लामालाई सह–अध्यक्ष प्रस्ताव गरिएको छ ।
लामाले उक्त पद नलिए रश्मी आचार्यलाई सह–अध्यक्ष बनाउन सकिने हिसाबले लविङ सुरु भएको छ ।
तर, युवा र विद्यार्थी मोर्चा पूर्वमाओवादी खेमाले नै सम्हाल्नुपर्ने भन्दै प्रचण्डलाई दबाब पुगेको छ । यद्यपि, विद्यार्थीको नेतृत्व पाए युवा दस्ताको नेतृत्व पूर्वएमालेलाई छाड्न प्रचण्ड सहमत छन् ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेकपाको जनवर्गीय संगठन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्