डाँकासँग साठगाठ भएका डीएसपी ढुंगेलमाथि छानबिन

काठमाडौं ।डकैत समूहसँग टेलिफोन सम्पर्कमा देखिएपछि नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलमाथि प्रहरी मुख्यालयले छानबिन थालेको छ । मुख्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई विस्तृत छानबिन गर्न निर्देशन दिएको हो । गृहसचिव प्रेमकुमार राईले आईजी सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएका थिए ।
यता नेपाल प्रहरीले साठगाठ बारे छानबिन प्रकृया अगाडि बढाएको छ । रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डाका गरेको समूहका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पनि पठाएका थिए । श्रेष्ठले प्रहरी बयानमा जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट नै गरेको दाबी गरेका छन् । स्रोतका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग समेत ढुंगेलको निरन्तर संवाद हुँदै आएको रहस्य खुलेको छ ।
बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । अनुसन्धान अधिकारीले बस्न्यात–ढुंगेल फोन सम्वादको अडियो सुरक्षित राखेका छन् । ‘बस्न्यात र ढुंगेल आफन्त रहेको र नातासम्बन्धका आधारमा बस्न्यातलाई ढुंगेलले संरक्षण गर्दै आएको पाईएको छ । कर्तव्य ज्यान मुद्दाका अभियुक्तसँग पटकपटक सम्पर्कमा रहनुले पनि ढुंगेलको भूमिका शंकास्पद देखिन्छ ।
यसबारेमा प्रहरीले गरेको छानबिनका क्रममा बस्न्यात र ढुंगेलबीच १ सय ६० पटक फोन सम्वाद भएको पत्ता लागेको समाचार छ । मुख्यालयले डीएसपी ढुंगेललाई बयान समेत लिन महाशाखालाई निर्देशन दिएको छ भने मुख्यालयको सचिवालयले छुट्टै छानबिन थालेको छ ।
आईजी खनालले उक्त बिषयमा आन्तरिक छानबिन सुरु भइसकेको र दोषी देखिए कारवाही गर्ने बताउदै आएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #डीएसपी ढुंगेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्