संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति

बिनोद बहादुर बाम
काठमाडाैं । नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति रहेको आरोप लगाउनुभएको छ ।
प्रधानन्यायाधीशको नियुक्तिलगायतका माग राख्दै बार परिसरमा जारी आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले न्यायापालिकाले स्वचालित पेशी व्यवस्थापन गर्न नसकेको, न्यायापालिकाले लामो समयदेखि नेतृत्व पाउन नसकेको भन्दै विभिन्न जिम्मेवार निकायहरु आफ्नो भूमिकाबाट च्युत हुँदै गएको बताउनुभयो ।
संसद सरकार र न्यायपालिका पनि कयौँ विषयमा बेखबर भएको भन्दै यी सबै विषय उठाउनुपर्ने बारको आवश्यक्ता भएको अध्यक्ष घिमिरेको भनाइ छ ।
सर्वोच्च बारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीश लगायत, उच्च र जिल्ला अदालतमा भएका रिक्त न्यायाधीश तत्काल नियुक्त गर्नुपर्ने बताउनुभयो । न्यायालयलाई राज्यले हस्तक्षेप गर्ने नभई सहयोग गर्नुपर्ने बताउँदै शाक्यले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिमा राज्यले हस्तक्षेप गर्न नहुने जिकिर गर्नुभयो ।
नेपाल बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको जारी आन्दोलन व्यक्तिको लागि नभई संस्था र न्यायालयमा भइरहेको विकृतिविरुद्धको भएको तर्क गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकारदेखि न्यायपालिकासम्म बेथिति, #संसद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्