Techie IT
बुधबार, माघ २,२०८१

थुनिएको अरुण नदि आठ घण्टा पछि आफ्नै धारमा फर्कियो (फोटोफिचर)


बिनोद बहादुर बाम

 संखुवासभा — जिल्लाको मकालु गाउँपालिकामा  निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुख्खा पहिरो खसेपछि थुनिएको अरुण नदी आठ घण्टापछि आफ्नै धारमा फर्किएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र गोदारका अनुसार आइतबार दिउँसो २ बजेर ४५ मिनेटमा नदी आफ्नै धारमा फर्किएको हो । आइतबार बिहान ७ बजेर ४५ मिनेट जाँदा सुक्खा पहिरो खसेपछि अरुण नदी थुनिएको थियो । अरुण तेस्रो आयोजना निर्माणका क्रममा २६ मिटर अग्लो बाँध निर्माण भइसकेको छ ।


अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो । २६ मिटर अग्लो बाँधमा पानी जमेपछि करिब २ किलोमिटर पानी ताल भएर बसेको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तिका बासिन्दालाई सजग हुन आग्रहसमेत गरेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम पनि ठप्प भएको छ ।


निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि ड्याम साइडबाट नदीको पानी फर्काइएको हो । सुख्खा पहिरो भने नियमित झरिरहेको छ । घटनास्थलमा प्रहरी, सशस्त्र र नेपाली सेना सक्रिय छन् ।


क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, समाचार
ट्याग : #breaking, #hot, #अरुण तेश्रो, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545