प्रेसमैत्री ऐन कानुन निर्माण गर्न सरकार संग प्रेस युनियनको माग
पाँचबुँदे धनकुटा घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक सम्पन्न
धनकुटा- विभिन्न पाँचबुँदे धनकुटा घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक सम्पन्न भएको छ ।
युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितको अध्यक्षतामा सम्पन्न बैठकले तीनै तहको सरकारलाई प्रेसमैत्री ऐन कानुन निर्माण गर्न दबाब दिने, आमसञ्चारकर्मीको पेशागत र भौतिक सुरक्षाका लागि राज्यका तीनै तहका सरकारलाई गम्भीर बन्न आग्रह गर्ने, स्थानीय सरकारलाई स्थानीय सञ्चारमाध्यमको दिगो विकासका लागि आवश्यक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
त्यस्तै धनकुटा जिल्लाको पर्यटन विकासको लागि नुनथला होमस्टेसहित जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागि सञ्चारमाध्यममार्फत प्रबद्र्धन गर्ने र नेपाल प्रेस युनियनको जिल्ला शाखाको अधिवेशन तोकिएकै मिति भित्र सम्पन्न गर्नेमा बैठकले जोड दिएको महासचिव सञ्जीव वाग्लेले जानकारी दिए । धनकुटा नगरपालिका–४ दानाबारीस्थित नुनथला होमस्टेमा शुक्रबार र शनिबार भएको बैठकले युनियनको स्थापना दिवस र प्रेस स्वतन्त्रता दिवस भव्य रुपमा बनाउन १४ वटा जिल्ला शाखालाई परिपत्र गर्ने निर्णय गरेको छ ।
युनियनका केन्द्रीय उपाध्यक्ष डिल्लीराम खतिवडा, उपमहासचिव अभयकुमार राई, सल्लाहकार लीलावल्लब घिमिरे, धनकुटा शाखाकी अध्यक्ष हेमा चेम्जोङ लगायतको उपस्थितिमा भएको बैठकमा युनियनको प्रदेश समितिले प्रकाशित गरेको भित्तेपात्रोसमेत सार्वजनिक गरिएको थियो । त्यस्तै बैठकले समितिका अध्यक्ष मीनकुमार नवोदितको संयोजकत्वमा उपाध्यक्ष ज्ञानेन्द्र निरौला, जयन्तीकला राई, महासचिव महासचिव सञ्जीव वाग्ले, सचिव विनय बाह्राकोटी, कोषाध्यक्ष कविराज घिमिरे र सदस्य दिनेश सदस्य रहने गरी सचिवालयसमेत गठन गरेको छ । त्यस्तै उपाध्यक्ष ज्ञानेन्द्र निरौलाको संयोजकत्वमा अनुशासन समिति, महासचिव सञ्जीव वाग्लेको संयोजकत्वमा संगठन विभाग र उपाध्यक्ष शारदा तामाङको संयोजकत्वमा महिला विभागसमेत बैठकले गठन गरेको छ ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : ##नेपाल प्रेस युनियन, #कोशी प्रदेश, #धनकुटा
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्