Techie IT
बुधबार, माघ २३,२०८१

कहिले हट्ला तुवाँलो – तुम्लिङटार बिमानस्थल (फोटोफिचर)

संखुवासभामा दस दिन देखि हवाई सेवा बन्द


संखुवासभा, खांदबारी, ६ बैशाख – पूर्वी पहाडी जिल्ला संखुवासभाको तुम्लिङटार विमानस्थललाई बाक्लो तुवाँलोले ढाकेपछि दश दिन देखि उडान अवरुद्ध भएको छ । गएको चैत्र २७ गते देखि बुद्ध एयरलायन्सले उडान भर्न नसकेको हो । उडान भर्न नसके पछि यात्रुहरु अलपत्र पर्ने गरेका छन् । उडानका लागि भिजिबिलिटी कम भएपछि दैनिक उडानहरु अवरद्ध हुँदै आएको तुम्लिङटार विमानस्थलले जनाएको छ ।

      उडान नभएपछि जहाजबाट काठ्माण्डौ जाने यात्रुहरु अलपत्र परेका छन् । जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तव्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । सडक मार्ग असुरक्षित हुने भन्दै हवाई उडानको लागि हप्तौ अघि टिकट बुकिङ् गरेर बसेका यात्रुहरुले अहिले बसको यात्रा गर्नु परेको छ । हवाई सुबिधा नभएपछि बढि जसो बिरामीहरु त्यसको मारमा परेका छन् ।

जिल्लाको एकमात्र तुम्लिङटार विमानस्थलमा नियमित उडान नहुँदा छिमेकी जिल्ला भोजपुरका समेत आधा भागका सर्वसाधारणहरु प्रभावित भएका छन् ।


क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #hot, #तुम्लिङटार बिमान स्थल, #तुवाँलो, #संखुवासभा, #हवाईसेवा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
Fair
6:46 am5:49 pm +0545