Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा नगरपालिकाको ८ र ११ जोड्ने पुलको शिल्यान्यास हुँदै , १८ महिना भित्र निमार्ण सम्पन्न हुने


टोखा काठमाडौं । टोखा नगरपालिकाको नगर स्तरीय बजेट बाट वडा नं ८ र ११ जोड्ने पुलको निमार्ण हुने भएको छ । चैत्र १९ गते आइतबार, बिहान ८ बजे एक बिशेष समारोहका बिच सो पुलको शिल्यान्यास नगर प्रमुख प्रकाश अधिकारीबाट हुने वडा नं ११ का वडा अध्यक्ष घनश्याम खड्काले बताउनु भयो ।

वडा अध्यक्ष खड्काका अनुसार सो पुल ४ करोड १ लाख ६० हजार रुपैया लागतमा पुष्पान्जली रालुका जे.भीले १८ महिना भित्र निमार्ण सम्पन्न हुनेछ ।

बाँनियाटार र जालपाचोक सडक अन्र्तगतको साँघुरो पुलको कारण सडक जाम र पैदल यात्रीहरुलाई समेत सास्ती भएकै कारण नगरपालिकाकै अगुवाईमा सो पुलको निमार्ण हुन लागेको हो ।

शिल्यान्यास कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि , स्थानिय बासी , बिभिन्न राजनैतिक दलका प्रतिनिधि , नागरिक समाज एवं सरोकारवालाहरु सबैलाई उपस्थीतीका लागी अपिल गरिएको छ ।

 

 


क्याटेगोरी : स्थानीय
ट्याग : #टोखा नगरपालिकाकों ८ र ११ जोड्ने पुल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545