Techie IT
आईतबार, वैशाख ७,२०८२

टोखा , तारकेश्वर र बुढानिलकण्ठ नगरपालिकामा एकीकृत बिकाश योजना लागी कार्यशाला गोष्ठी


काठमाडौं । काठमाडौंको तारकेश्वर , टोखा र बुढानिलकण्ठ नगरपालिका भित्र सम्पूर्ण प्रकारको भौतिक संरचना निमार्णका लागी सरोकारवाला निकायहरुबिच प्रभावकारी समन्यन गर्ने एकीकृत बिकाश योजना अनुरुप कार्यशाला गोष्टी सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिका र अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकाश समितिको आयोजना तथा टोखा र बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा काठमाडौंमा सो कार्यशाला सम्पन्न भएको हो ।

स्थानिय तहमा बिभिन्न सरोकारवाला निकायहरुको समन्वयका अभावभमा बिकाशका कामले गति लिन नसकेकाले सो गोष्टी उपयोगी भएको र ३ वटा नगरपालिका भित्र बिभिन्न प्रदेश एवं संघका योजनाहरु प्रभावकारी रुपमा सम्पन्न गर्ने यो अभियान फलदायी हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको भनाई छ ।

बिभिन्न निकायले समन्वयनको अभावमा स्थानिय निकायले सडक पिँच गर्ने खानेपानी एवं बिधुत प्राधिकरणले पुन भत्काउदा जतालाई कष्ट भएको हुँदा अव एकीकृत बिकाश मोडल अनुरुप काम हुने मेयर अधिकारीले बताउनुभयो ।

प्रस्ताबित ३ नगरपालिकाभित्र नयाँ शहर बस्तीको डिपिआर , रिर्जाजीङ्ग फड , रेन हारबेष्टीङ्ग ,मुख्य सडक , करीडोर लगायतका बिषयलाई अगाडी बढाइएको बताइएको छ ।

कार्यक्रमा तिनवटौ नगरपालिकाका प्रमुख , उपप्रमुख , वडा अध्यक्षहरु सहित अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकाश समितिका अध्यक्ष उद्धव तिमिल्सिना , काठमाडौ उपत्यका बिकाश प्राधिकरणका आयुक्त जानुका ढकाल लगायतको उपस्थीती रहेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एकीकृत बिकाश योजना, #टोखा र बुढानिलकण्ठ नगरपालिका, #तारकेश्वर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545