Techie IT
बिहीबार, माघ ३,२०८१

नेविसंघबाट पाँच क्याम्पसमा स्ववियु सभापति निर्विरोध निर्वाचित


काठमाडौँ । चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारी दर्ता भएसँगै विभिन्न कलेजमा विद्यार्थी नेताहरू निर्विरोध निर्वाचित भइरहेका छन् । देशभरका विभिन्न पाँच क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका स्ववियु सभापति निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ ।

नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा  मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा  हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी विभिन्न  १६ वटा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्व निर्वाचित भएको बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेविसंघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:33 pm +0545