प्रचण्ड एमालेतिरै फर्किन्छन् : योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई धोका दिएको टिप्पणी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संसद् भवन नयाँ बानेश्वर पुगेका भट्टराईले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले प्रचण्ड पुनः एमालेतिरै फर्किने समेत दाबी गरे। उनले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका लागि अगाडि जाने बाटो नभएकाले एमालेतिरै फर्किने दाबी गरे ।
प्रचण्डले सहयात्री दललाई दुःख दिएको पनि भट्टराईको आरोप छ । यसअघि उनले राष्ट्रपतिको निर्वाचनको लागि पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएको दिन राष्ट्रपतिमा नेम्वाङले जित्ने दाबी गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #योगेश भट्टराई
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्