`१५´औं मिस तामाङ कार्यक्रम सम्पन्न, सिन्धुलिकी पासाङ याङ्की वाइबाले चुमिन उपाधी

काठमाडौं–मिस तामाङ २०२३ को उपाधि पासाङ याङ्जी वाइबा तामाङले पहिरिनुभएको छ । १४ प्रतिस्पर्धीलाई पछि पार्दै सिन्धुली कमलामाई वडा ९ की याङ्जी १५ औं संस्करणको मिस तामाङको ताज पहिरन सफल हुनुभएको हो । मम्स इन्टरनेसनल नेपालले आयोजनामा राष्ट्रिय सभागृहमा शनिवार साँझ आयोजित ग्राण्ड फिनालेमा विभिन्न चरण पार गर्दै अन्तिम ५ मा पुग्नुभएका उहाँले निर्णायकले सोधेको प्रश्नको उत्तरबाट निर्णायकको मन जित्नुभएको हो ।
अश्लील साइटहरु प्रतिबन्ध गर्दा बलात्कारका घटना कम हुन्छ ? भन्ने निर्णायकको प्रश्नमा उहाँले जो मान्छेसँग मोबाइल र नेटको पहुँच नै छैन उनीहरुबाट पनि बलात्कारका घटना हुने गरेको भन्दै अश्लील साइट बन्द गर्नुभन्दा नैतिकता शिक्षाको आवश्यक रहेको तर्क गर्नुभएको थियो ।
मिस डिसिप्लेनको टाइटलसमेत हात पार्नुभएका उहाँलाई प्रमुख निर्णायक नायक रमेश उप्रेतीले अवार्ड प्रदान गर्नुभयो भने २०१७ की फस्ट रनरअपसमेत रहेकी नवाङ मोक्तानले ताज पहिराईदिनुभयो ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि सुशीला मार्फा तामाङ र सेकेन्ड रनर अपको उपाधि सिर्जना गोले तामाङले प्राप्त गर्नुभयो
प्रतियोगितामा विभिन्न टाइटलहरु पनि प्रदान गरिएको थियो । यसैक्रममा सेकेन्ड रनर अपको उपाधि जित्नुभएका गोलेले मिस मल्टिमिडिया टाइटल समेत हात पार्नुभयो ।
त्यस्तै सबिना तामाङले मिस फोटोजेनिक,बिनिता लुङ्बा,सरिता तामाङ र सिर्जना गोले मिस अनलाइन भोटिङ,मुस्कान तामाङ मिस बेष्ट वल्क,पूजा दोङले मिस ट्यालेन्ट,मेलिना योञ्जनले बेस्ट ड्रेस,प्रनिसा तामाङले मिस ब्युटिफूल हेयर,सिया घिसिङले मिस पपुलर र मिस पर्सनालिटी टाइटल प्राप्त गर्नुभभयो ।
तामाङ संस्कृति,भाषा,कला तथा भेषभुषाको संरक्षण तथा युवा पुस्तामा हस्तान्तरणमा सहयोग पुर्याउने उद्धेश्यले हरेक वर्ष सोनाम ल्होछारको अवसरमा मिस तामाङ प्रतियोगिता कार्यक्रम आयोजना गर्ने गरिएको मम्स इन्टरनेसनल नेपालका निर्देशक रञ्जिता ब्लोन लामाले बताउनुभयो ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्