Techie IT
आईतबार, वैशाख ७,२०८२

वर्तमान सत्ता गठबन्धन अर्ग्यानिक हो, भत्काउनचाहिँ विदेशी लागिपरेका छन् : योगेश भट्टराई


फागुन । नेकपा एमालेका सचिव योगेश भट्टराईले वर्तमान सत्ता गठबन्धन अर्ग्यानिक भएको भएका छन् ।

नेकपा एमालेको पहल र अग्रसरतामा नेकपा माओवादी केन्द्रसहितको सात दल सम्मिलित वर्तमान सत्ता गठबन्धन नेपालको मौलिक भए पनि भत्काउन भने विदेशीहरू लागिरहेको उनले बताएका छन् ।

आज शनिवार प्रेस चौतारी कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सचिव भट्टराईले सत्ता गठबन्धन विदेशीले नभएर नेपाली माटोबाटै बनेको दाबी गरेका हुन् । ‘यो गठबन्धन बनाउन कुनै विदेशीहरूको भूमिका छैन । हामीले बनाएका हौँ । नेपाली माटोबाटै उत्पादन भएको हो । यसमा कुनै रासायनिक मल राखिएको छैन । तर, अहिले भत्काउन चाहिँ विदेशीहरू सक्रिय भएको सुन्दैछौं,’ भट्टराईले भने ।

उनले प्रचण्ड आफै एमालेलाई खोज्दै आएका कारण गठबन्धन निर्माण भएको दाबी पनि गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #योगेश भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545