काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन महाधिवेशनबाट निर्वाचित नयाँ कमिटीको शपथ आज हुने भएको छ ।
शपथ आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा हुने भएको हो ।
नयाँ कमिटीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।
यस्तै शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ।
महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, मर्यादा विष्ट निर्वाचित हुनुभएको छ ।
यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा। सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनीता काफ्ले निर्वाचित हुनुभएको छ ।
यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित हुनुभएको छ ।
फागुन २ गतेदेखि सुरु भएको महाधिवेशनले २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।