Techie IT
शनिबार, वैशाख ६,२०८२

आगामी तीन दिनको मौसम : पहाडी भूभागमा आंशिक बदली


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको जनाएको छ ।

महाशाखाले हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

तराईका भूभागहरूमा हुस्सु/कुहिरो लागेको महाशाखाले जनाएको छ ।

महाशाखा अनुसार यस्तो छ आजको मौसमः

२०७९ माघ २० गते (शुक्रबार)

दिउँसोː  प्रदेश नं. १ र गण्डकी  प्रदेशका भू-भागहरूमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

रातीː  प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #मौसम, #मौसम पूर्वानुमान महाशाखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545