Techie IT
शनिबार, वैशाख ६,२०८२

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा आज सुनवाइ


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्व परेको रिटको सुनुवाइ आज शुक्रबार हुने भएको छ ।

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीपलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै सन्दीप विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो ।

महान्यायधिवक्ताको कार्यालयले सन्दीपलाई रिहा गर्ने आदेश बदर गर्न माग गर्दै कारागारमै राखेर अनुसन्धान गर्न माग गरेको छ । उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545