सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको प्रत्याभूत गराइन्छ उति नै मुलुकमा सुशासन कायम हुने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधवार दिउँसो राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन स्वीकार गर्नुहुँदै यस्तो बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्रीले आफू दोस्रो पटक प्रधानमन्त्री भएपछि सूचनाका हक बारे केही महत्वपूर्ण योगदान गरेको स्मरण पनि गर्नुभयो । उहाँले भन्नुभयो, ‘शासन प्रणालीमा जनताको नियन्त्रण निगरानी र हस्तक्षेप बढाउने कुरा सूचनाको हकसँग प्रत्यक्ष रुपले जोडिएको छ । जतिधेरै जनताका सूसुचित हुन्छन् र पारदर्शिता अपनाइन्छ त्यति नै विकृति र विसंगतिलाई रोकथाम गर्न सकिन्छ ।’
उहाँले जनताको सूचनाको हक स्थापित र प्रवद्र्धन गरेर नै समाजमा अव्यवस्था, अराजकता र अनुशासनहिनता हटाउन सकिने उल्लेख गर्दै त्यसतर्फ गम्भीर र जिम्मेवार हुनैपर्ने बताउनुभयो । ‘जतिधेरै सूचना सम्प्रेशण गर्ने र सूचनाको हक जनतालाई दिलाउन सक्यो त्यतिधेरै सुशासन कायम हुन्छ र त्यसले एउटा देश विकासको वातावरण बन्छ, ’ उहाँको भनाई थियो । सो अवसरमा आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तहरु रत्नप्रसाद मैनाली र कमला ओली थापा सहित आयोगका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्