Techie IT
आईतबार, वैशाख ७,२०८२

दिनभरको उतारचढावपछि सामान्य बढेर बन्द भयो सेयर बजार


काठमाडौं । दिनभरको उतारचढावपछि सेयर बजार सामान्य बढेर बन्द भएको छ । बुधबार ४.९७ अंकले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।

शून्य दशमलव २४ प्रतिशतले बढेको बजारमा २६१ धितोपत्रको ३६ हजार ८७९ वटा कारोबारबाट ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने खस्किएको छ । कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसूचक राताम्य देखिए । त्यसबाहेकका उपसूचकको मूल्य बढेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भयो । सिद्धार्थ इन्स्योरेन्स, इस्टर्न हाइड्रो, राप्ती हाइड्रोलगायत कम्पनीको मूल्य धेरैले बढेको छ । एनआईबीएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ३.७४ प्रतिशतले घट्यो ।


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #सेयर बजार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545