पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण सम्पन्न भएका छन् । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए।
हाल ११ सम्पदाको पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रमा भूकम्पले क्षति भएका १६ सम्पदाको पुनःनिर्माण सुरु हुनसकेको छैन । स्रोत सुनिश्चितता हुन नसकेका यी सम्पदाको पुनःनिर्माण हुन नसकेको हो ।
हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शङ्कराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विश्वरुप मन्दिर पुनःनिर्माण भइरहेकामा बजेट अभावका कारण काममा सुस्तता भएको जनाइएको छ ।
विश्वरुप पुनःनिर्माणका लागि चालु आवको बजेट सकिएपछि काममा सुस्तता आएको हो । जयवागेश्वरी मन्दिर हालै पुनःनिर्माण भएकामा यही माघ २० गते उद्घाटनको कार्यक्रम रहेको कोषले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पशुपति क्षेत्र, #विश्व सम्पदा सूची
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्