सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री दाहाल सकारात्मक

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन साहले सुकुम्वासी बस्ती हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर साहले प्रचण्डसँग बागमती करिडोरस्थित थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन सहयोग मागेका हुन् ।
सुकुम्वासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।उनका अनुसार प्रचण्डले सुकुम्वासी बस्ती हटाउने विषयमा सरोकारवालाहरुसँग पनि छलफल गर्ने बताएका छन् ।
यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।
बालेनले यसअघि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो । पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरु आन्दोलमा उत्रिएका छन् ।
उनीहरुबीच राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगरका, #पुष्पकमल दाहाल, #प्रधानमन्त्री, #बालेन साह, #सुकुम्वासी बस्ती
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्