Techie IT
शनिबार, वैशाख ६,२०८२

बागमती प्रदेश प्रहरी प्रमुख डीआइजी दिपक थापाद्वारा पदभार ग्रहण


हेटौंडा । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपक थापाले बागमती प्रदेश प्रहरी कार्यालयको प्रहरी प्रमुखका रूपमा पदभार सम्हालेका छन् ।

सरकारले गरेको डीआईजीहरुको पछिल्लो सरुवाबाट नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयमा कार्यरत डिआइजी थापाले बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा जिम्मेवारी पाएका हुन् । प्रदेश प्रहरी प्रमुखका रूपमा रहेका उनलेे अब मकवानपुर सहित बागमती प्रदेश अन्तर्गतका १० जिल्लाको नेतृत्व सम्हाल्न पाउने भएका छन् । बिहीबारदेखि हाजिर भएर प्रदेश प्रहरी प्रमुखको नेतृत्व एवं कार्यभार सम्हालेका थापालाई प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए ।

पदभार ग्रहण गर्दै डीआइजी थापाले बागमती प्रदेशको जिम्मेवारी चुनौतीपूर्ण रहेको भन्दै त्यसलाई अवसरका रुपमा परिणत गर्ने प्रतिवद्धता जनाउदै अहिलेसम्मको साखलाई जोगाउने गरी काम गर्ने बिश्वास दिलाए । प्रचलित ऐन र कानुनको अधिनभित्र रहेर कानुनी कठोरता र व्यवहारमा नरमता लागु गर्ने र प्रदेशभर सुरक्षित गर्ने काममा अहोरात्र खटिने प्रतिबद्धता ब्यक्त गरे । राजनीतिक दबाबका कारण अपराधीले उन्मुक्ति पाउनु हुदैन’ भन्ने कुरामा जानकार रहेका उनले प्रहरी अधिकृत दबाबमा पर्‍यो भने सुरक्षा अवस्था माथि खल्ल आउने भएकोले आफुले त्यस्तो हुन नदिने बताए ।

राजनीतिक दबाबलाई म दबाबको रुपमा लिन्न’, उनले भने, ‘दबाबलाई आग्रहको रुपमा लिएर कानुनले निर्देशित गरे बमोजिम नै आफ्नो काम अगाडि बढाउने छु ।’ उनले दण्डहिनताको अन्त्यको लागि आफूले कसैसँग सम्झौता नगर्ने बताए । ‘दण्डहिनता अन्त्य गरी प्रदेशभरलाई जोगाउने जिम्मा मेरो काँधका आएको छ ’, डिआइजी थापाले भने, सबैसँग सहकार्य गरेर दण्डहिनताको अन्त्य गरी कानुनी शासन स्थापित गराउने छु ।’ कानुन भन्दा बाहिर गएर कुनै पनि काम गर्न नमिल्ने भन्दै दबाबमा परेर कुनै काम नगर्ने उनको भनाई थियो । आफूलाई बाघको संज्ञा दिँदै आएका डिआइजी थापाले बाघ आइसक्यो अब फ्याउराहरु दुला पस्ने दाबी गरे । उनले प्रदेशको सुरक्षा संयन्त्रलाई मजबुत बनाएर गुण्डागर्दी नियन्त्रण गर्ने दाबी गरे । उनले प्रदेशमा रहँदा सकेसम्म राम्रो गर्ने नसके नराम्रो एउटा पनि हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरे ।

सुरक्षाको हिसाबले प्रदेशलाई रोलमोडलको रुपमा स्थापित गर्ने उनले बताए । कानुनी सर्वोच्चता, संगठनभित्रको सुधार र गुण्डा प्रवृतिका मान्छेलाई कानुनको दायरामा ल्याएर कारबाही गर्ने छु । उनलेे भने, शान्तिसुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको कामलाई प्रभावकारी रुपले अगाडि बढाउने बताउँदै कानुनी सर्वोच्चता कायम गरी दण्डहिनता अन्त्यको लागि आफूले ध्यान केन्द्रित गर्ने र केही सकारात्मक काम गरेर देखाउने बिश्वास दिलाए ।

तस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्तिसुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगत देखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको उनी बताउँछन् । उनले आफू प्रदेश प्रहरी कार्यालय आए लगतै जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयका प्रमुखहरुलाई सुरक्षा स्थितिलाई मजबुत बनाउन समेत निर्देशन दिइसकेको जानकारी दिए ।

मैले शान्ति सुरक्षा र अमनचयन कायम गर्न आफनो बल र विवेक लगाउन सबैलाई निर्देशन दिईसकेको छु । उनलेे भने, शान्त समाज निर्माण र कानुन कार्यान्वयन तथा अवैध गतिविधी नियन्त्रणमा अब कुनै पनि सम्झौता हुँदैन । यसअघिकै कामकारबाहीले भद्र र सालिन स्वाभावका थापा कानुन कार्यान्वयन सवालमा भने प्रतिवद्ध र कठोर प्रहरी अधिकृत हुन भन्ने छाप छाडिसकेको छ । विभिन्न जटिल अनुसन्धानलाई सफलतापूर्वक र विवादरहित बनाउन सफल भएपछि प्रहरी संगठनभित्र थापा उचाइ बढेको हो ।

सालिन र भद्र स्वभाव एवं आफ्नो जिम्मेवारीलाई सफलतापूर्वक रूपमा सम्पन्न गर्नसक्ने उत्कृष्ट कार्यक्षमताकै कारण थापा प्रहरी प्रधान कार्यालयको रोजाइमा पर्ने प्रहरी अधिकृत हुन् । उनी संगठनभित्र आर्थिक चलेखेल नरुचाउने र नगर्ने प्रहरी अधिकारीका रूपमा पनि चिन्छिन् । २०५२ सालदेखि प्रहरी निरीक्षकको पदमा नियुक्ति भई प्रहरी सेवामा प्रवेश गरेको उनले ५३ औं कार्यालय प्रमुखको रुपमा बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरको जिम्मेवारी सम्हालेका हुन् । बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका विभिन्न प्रहरी युनिटमा बसेर अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षाका सवालमा काम गरेको लामो अनुभव उनीसँग छ ।

डिआइजी थापा एसएसपी हुँदा अमेरिकामा एक महिने तालीम समेत सकेर आएका उनी अपराध अनुसन्धान, पुलिसिङ तथा कमाण्ड कन्ट्रोलमा राम्रो दख्खल राख्ने अधिकृतका रूपमा चिनिन्छन । डीएसपी हुँदा खोटाङ, महाराजगन्ज बृत्त, इलाका प्रहरी कार्यालय बुटवलको जिम्मेवारी सम्हालिसकेका उनलेे २०७३ मंसिर १४ गते जिल्ला प्रहरी कार्यालय चितवनको प्रहरी प्रमुख रूपमा नेतृत्व सम्हाल्न सम्हालेका उनले आर्थिक प्रशासनको नेतृत्व गर्दा नेपाल प्रहरीलाई बेरुजु फर्छ्यौटमा दुई बर्ष पुरस्कार दिलाउन सफल हुँदै आफु स्वयम समेत दुईवटै आर्थिक बर्षमा पुरस्कृत भएका थिए ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545