Techie IT
शनिबार, वैशाख ६,२०८२

चितवनको छुट्टाछुट्टै स्थानबाट औषधिजन्य लागुऔषधसहित चार जना पक्राउ


चितवन । चितवनको छुट्टाछुट्टै स्थानबाट प्रहरीले औषधिजन्य लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको टोलीले राप्ती नगरपालिका वडा नंम्बर ०६ स्थितबाट लागूऔषधसहित दुई जना र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले कालिका नगरपालिका वडा नंम्बर एकबाट दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा छिपरमाई गाउँपालिका १ बस्ने २८ बर्षीया महेश कुमार यादव र सोही ठाउँ बस्ने २९ बर्षीया पप्पु प्रसाद यादव रहेका छन् । यादवद्वयलाइ ईलाका प्रहरी कार्यालय भण्डाराको विशेष टोलीले माघ ६ गते दिउँसो तीन बजेको समयमा पक्राउ गरेको हो ।

लागूऔषध बिक्री बितरण गर्ने कार्य भैरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई राप्ती नगरपालिका वडा नंम्बर ०६ स्थितबाट शंकास्पद अबस्थामा बसिरहेको समयमा पक्राउ गरिएको भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङले जानकारी दिए ।

प्रहरी निरीक्षक गुरुङका अनुसार पप्पु प्रसाद यादवलाई चेकजाँच गर्दा बोरा तथा झोलाबाट लागूऔषध डाईजेपाम एक सय ६ एम्पुल, फेनार्गन एक सय बाह्र एम्पुल र नुरफिन एक सय बाह्र एम्पुल गरी तीन सय तीस एम्पुल फेला परेको थियो । पक्राउ परेका दुवै विरुद्ध माघ ९ गते सम्मानित चितवन जिल्ला अदालतबाट पक्राउ मितिबाटै लागु हुने गरी लागूऔषध कसुर ऐन अन्तर्गत मुद्दामा अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी निरीक्षक गुरुङले बताए ।

यता, जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले लागूऔषध सहित थप दुई जनालाई समेत पक्राउ गरेको छ । प्रहरीले कालिका नगरपालिका वडा नंम्बर स्थितबाट प्रतिवन्धित औषधी सहित कालिका नगरपालिका वडा नंम्बर ४ बस्ने २४ बर्षीया निर्मल तिमिल्सिना र रत्ननगर नगरपालिका वडा नंम्बर ३ बस्ने २३ बर्षीया आयुष खनाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लिड क्याप्सुल चार हजार ६ सय असी ट्याब्लेट, ट्रामाडोल हाइड्रोक्लिड आइपी पचास एमजी लेखेको तीन हजार ट्याब्लेट, अनार्गन पच्चीस लेखेको एक हजार नौ सय पैत्तालीस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध प्रतिवन्धित औषधीसहित आवश्यक कार्वाहीको लागी औषधि ब्यवस्था बिभाग बिरगंज पठाईएको चितवन प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545