Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रतिनिधि सभा बैठक : प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन


काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले प्रतिनिधि सभा नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनुहुने सदस्यहरूको नामावलीसहित प्रस्तुत गर्नु भएको प्रस्ताव बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

उक्त, प्रस्तावलाई सांसदहरु रामकृष्ण यादव र ऋषिकेश पोखरेलले समर्थन गर्नु भएको थियो ।

समितिको कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिको गठन, कामकारबाही र अन्य कुरा नियमित गर्न तथा नियमित व्यवस्थापकीय कार्य गर्दा अपनाउनु पर्ने कार्यका लागि नेपालको संविधान अनुरुप प्रतिनिधि सभाको नियमावली मस्यौदा तयार गर्ने र नियमावली पारित गर्ने सम्मका अवस्थामा आइपर्ने सम्पूर्ण कार्यहरू गर्ने कार्यक्षेत्र रहेको छ ।

समितिलाई प्रतिनिधि सभा नियमावली मस्यौदा तयार गर्न १५ दिनको समयावधि तोकिएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम हेरफेरका विषयमा जानकारी गराउनु भयो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545