Techie IT
बिहीबार, माघ ३,२०८१

गुणस्तरहिन औषधि बिक्री वितरणमा रोक लगाइयोस् : इन्दिरादेवी गौतम


काठमाडौं । राष्ट्रिय सभा सदस्य इन्दिरादेवी गौतमले गुणस्तरहिन औषधि उत्पादन र बिक्री वितरणमा रोक लगाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले बजारमा गुणस्तरहिन औषधिको उत्पादन र बिक्री वितरण भइरहेको बताउनुभयो ।

उहाँले यस्तो गतिविधिले नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै सम्बन्धित निकायले औषधिको चेकजाँच गर्नुपर्ने बताउनुभयो । गुणस्तरहिन औषधिलाई बिक्री वितरण रोक्नुपर्ने उहाँले बताउनुभयो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #इन्दिरादेवी गौतम, #राष्ट्रिय सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mostly Cloudy
6:54 am5:32 pm +0545