Techie IT
मंगलबार, वैशाख ९,२०८२

वर्षमान पुन अस्पतालबाट डिस्चार्ज


काठमाडौं ।   माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएसँगै उनी शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव पुन ललितपुरको सुमेरु अस्पताल भर्ना भएका थिए । एक साताको उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । 

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि रोल्पाबाट हेलिकप्टरमार्फत ल्याएर उनलाई अस्पताल भर्ना गरिएको थियो । लामो समयदेखि जन्डिसजस्ता रोगबाट पुन पीडित छन्  ।

शुक्रबार नै सभामुख देवराज घिमिरे अस्पताल पुगेर पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 


क्याटेगोरी : समाचार
ट्याग : #वर्षमान पुन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545