Techie IT
शनिबार, वैशाख ६,२०८२

हत्या अभियोग लागेका सांसद उपस्थित भएको भन्दै कांग्रेसको ध्यानाकर्षण


काठमाडौँ  । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद बैठकमा हत्या अभियोग लागेका सांसद सहभागी भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार जारी प्रतिनिधिसभाको बैठकमा उनले सभामुख चयनको निर्वाचन प्रक्रियाअघि बढिरहेका बेला हत्या अभियोग लागेका सांसद सहभागी भएकाको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

हत्या अभियोग लागेका सांसद बैठकमा उपस्थित भएको सुनेको भन्दै उनले उनीहरुको उपस्थितिमा सभामुख चयन प्रक्रिया अघि बढ्ने वा नबढ्ने निर्क्योल गरेर मात्र बैठकको कारबाही अघि बढाउन आग्रह गरेका थिए।

जारी बैठकले सभामुख चयन गर्दै छ। सभामुख पदमा देवराज घिमिरे र ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस, #रामहरि खतिवडा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545